समीर सुनचाँदी पुनहिल कप भलिबलको फाइनलमा
पाेखरा | माघ २०, २०८०
पोखरा: पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् ।
शुक्रबार भएको सेमीफाइनलमा समीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माछापुच्छ«ेबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो ।
त्यसअघि भएको क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो तथा अन्तिम सेट २६–२४ ले जित्दै सेमीफाइनलको यात्रा तय गरेको थियो । यस्तै माछापुच्छ«ेले सिद्धिकालीलाई २–१ कै सेटमा पाखा लगायो । माछापुच्छ«ेले पहिलो सेट २५–१४ जितेपनि दोस्रो सेट निकै रोमाञ्चक बन्दा माछापुच्छ«ेले २८–३० ले गुमाउन पुग्यो । तेस्रो सेटमा पुनः २५–१४ को सहज जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको थियो ।
समिर सुन चाँदीले भुर्जुङखोलालाई २–० को सोझो सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।
यस्तै प्रतियोगिताकोे भेट्रानतर्फ पोखरा भेट्रान र गगनगौडा भेट्रान फाइनल प्रवेश गरेको छ भने महिलातर्फ कावासेती र माछापुच्छ«े फाइनलमा प्रवेश गरेको छ ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेको थियो ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

